२०८२ माघ २२ गते , बिहीबार ९८५४०८९०२६
A- A+
Nepali | English

No livestreams

प्रदेश सभा सचिवालय

जनकपुरधाम धनुषा, मधेश प्रदेश

प्रदेश सभा सचिवालयको काम

(क) प्रदेश सभा तथा प्रदेश सभाका समितिलाई विधायिकी कार्यमा सहयोग गर्ने,

(ख) प्रदेश सभाको काम कारवाहीलाई नियमित, प्रभावकारी र व्यवस्थित बनाउन प्रशासनिक, आर्थिक र भौतिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने,

(ग) प्रदेश सभा, प्रदेश सभाका समिति, सदस्य र तोकिएको अन्य पदाधिकारीलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने,

(घ) प्रदेश सभाका समितिको निर्णय कार्यान्वयन सम्बन्धमा आवश्यक कार्य गर्ने,

(ड) प्रदेश सभाको सूचना प्रणालीलाई प्रभावकारी बनाउने,

(च) प्रदेश सभाको दलका कार्यालयलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने,

(छ) संसदीय अध्ययन तथा अनुसन्धान सम्बन्धी कार्य गर्ने,

(ज) प्रदेश सभा परिसरमा सुरक्षा व्यवस्थापन गर्ने,

(झ) प्रदेश सभाको काम कारवाहीलाई सूचना प्राविधि मैत्री बनाउने,

(ञ) प्रदेश सभाको पदाधिकारी, सदस्य र कर्मचारीलाई सूचना प्रविधि मैत्री बनाउने तथा सो सम्बन्धी आवश्यक प्रविधि र सामग्री उपलब्ध गराउने,

(ट) प्रदेश सभाको प्रत्येक कार्यकालमा एकपटक एउटा ल्यापटप/ट्याब्लेट फिर्ता नहुने गरी प्रदेश सभाको प्रत्येक सदस्य, सचिव र सचिवालय सचिवलाई उपलब्ध गराउने,

(ठ) प्रदेश सभा र समितिको काम कारवाहीको अभिलेख दुरुस्त राखे,

(ड) प्रदेश सभा र समितिको काम कारवाहीमा नागरिकको पहुँच बढाउने,

(ढ) प्रदेश सभा सदस्यलाई नागरिकसँग जोडने संयन्त्र पहिचान गरी सो अनुसारको व्यवस्था मिलाउने,

(ण) सचिवालयको अन्य काम तोकिए बमोजिम हुनेछ ।

राम अशिष यादव माननीय सभामुख 9854022059 ryadavmla@gmail.com पुरा विवरण
बबिता कुमारी राउत ईशर माननीय उपसभामुख 9803085297 babitaraut28@gmail.com पुरा विवरण
बासुप्रसाद कोईराला प्रदेश सभा सचिव 9854089025 basuji033@gmail.com पुरा विवरण